बेनुप र समुन्द्रका पहिलो गीत: किन होला?

बेनुप र समुन्द्रका पहिलो गीत: किन होला

Table of Contents

हाम्रो Eternal Scoring Studio ले प्रतिभाशाली जोडी बेनुप र समुन्द्रको गीत रेकर्ड र एरेन्ज गरेको छ। ‘किन होला?’ शीर्षकको यो गीत RnB genre को आकर्षक धुन हो

यो गीत पहिला बेनुप प्रसाई र समुन्द्र घिमिरेका लागि एक प्रेरणाको रूपमा सुरु भएको थियो। यद्यपि, यसलाई वास्तविकतामा परिणत गर्न, उहाँहरू एक प्रामाणिक नेपाली स्टुडियोको खोजीमा थिए, जहाँ नविन हुँदा हुँदै नेपाली स्वाद पनि आओस्। तर हामीले काम गर्दै जाँदा आवश्यकताहरू बढ्दै गए…

बेनुप र समुन्द्र दुवै अमेरिकामा बस्छन्। सङ्गीतको पहिलो ड्राफ्ट बनेपछि, उहाँहरूले आफ्नो शहरको एक स्टुडियोमा गई आफ्नो स्वर रेकर्ड गरे। तर “हामी त्यस रेकर्डिङ देखि सन्तुष्ट थिएनौ।” रेकर्डिङले सकेसम्म राम्रो परिणाम दिन असफल भयो र गुणस्तरको अभाव थियो।

हामीलाई नविनताको आवश्यकता थियो।

त्यसैले, हामीले थोरैले मात्र सोच्ने उपाय गर्यौँ:

अमेरिकामा गाएर नेपालमा रेकर्डिंग!

हामीले नवीनतम DAW र communication software प्रयोग गरि नेपालबाट बेनुप र समुन्द्रका स्वर रेकर्ड गर्यौं। यसरी काम गर्दा, रेकर्डिङ इञ्जिनियर K. M. Joshi ले गायकहरूलाई मार्गदर्शन गर्न र उहाँहरूलाई काम गर्दै सुझाव दिन सफल भए। यस बाहेक हामीले स्वर स्पष्ट गर्न उन्नत उपकरणहरू पनि प्रयोग गर्यौँ।

हामीले मिक्सिंगमा पनि नयाँ तरिका अपनायौं। यद्यपि, बेनुप र समुन्द्रले आफ्नो गीत वास्तविक समयमा नै के-कस्तो भयो सुन्न सके। परिणाम स्वरूप, हामी सबैलाई यसको गुणस्तरले आश्चर्यचकित पारेको छ।

BENUP & Samundra recording Kina Hola.

बेनुप र समुन्द्रसँग मिलेर हामीले हासिल गरेका काममा हामी गौरवान्वित छौं । हामी हाम्रो graphic designer सायन्तो दासलाई पनि धन्यवाद दिन चाहन्छौं। उहाँ यस गीतको lyrics video र cover photo का सृजक हुन्। र हामी आशा गर्छौं यस गीत तपाइँहरूले पनि मन पराइदिनु हुनेछ:

‘किन होला?’ YouTube मा सुन्नुहोस्।

तपाईंले ‘किन होला?’ Spotify र अन्य streaming platforms मा पनि सुन्न सक्नुहुनेछ।

तपाईंको समर्थनको लागि धन्यवाद र Eternal Scoring Studio बाट अरू समाचारको लागि मुनि subscribe गर्नुहोस्!

Picture of K. M. Joshi

K. M. Joshi

K. M. Joshi इटरनल स्कोरिङ स्टुडियोका मालिक हुन्। उहाँ सात वर्ष भन्दा बढी अनुभव भएका एक संगीतकार र साउण्ड डिजाइनर हुन्। उहाँलाई चलचित्र र खेलहरूको लागि संगीत र इमर्सिभ साउण्ड उत्पादन गर्न मनपर्छ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nirmala.nischal21@gmail.com
Nirmala.nischal21@gmail.com
2 years ago

impressive song vanja benup.wish y ou for a brighter future.go a head babu

Toadstool Ngema
Toadstool Ngema
2 years ago

Clean mix x beautiful song… I can hear it play at big festivals.

वर्गहरू
संग्रह
गीत एरेन्ज
Contact Now
Mixing/Mastering
Contact Now
Sound Design
Contact Now
4
0
Would love your thoughts, please comment.x
()
x